सिकारीले हानेको गोली लागेर किशोरीको मृत्यु
कालिकोट । कालीकोटमा सिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, जेष्ठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो ।
उनको उपचारकै क्रममा आइतबार सुर्खेतमा मृत्यु भएको हो । सहकारीको आइतबार नै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ ।
उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
