अवैध लागूऔषधसहित राई पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्वर ८, शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ३ सय ७० मिलिग्रामसहित प्रहरीले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले धरान उपमहानगरपालिका–११ बस्ने ३५ वर्षीय सूर्य कुमार राईसहित दुई जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश १–०२–०४२ प ८४०३ नम्बरको स्कुटरमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
