बिहीबार शेयर बजारमा छायो हरियाली

तु खबर संवाददाता
२०८० जेष्ठ १८, बिहीबार १६:२२

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणपछि लगातार गिरावट आएको नेप्से सूचक आज १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसअघि बुधबार नेप्से सूचक ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज निर्जीवन बीमा उपसूचक १.९३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतल बढेको छ ।