सुनको सिक्री लुटेको आरोपमा एक युवक पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ १७, बुधबार १७:१४

काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका–१ देवीटार बस्ने ३० वर्षीय पाण्डे भन्ने विष्णु तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, तामाङले काठमाडौं –३२ पेप्सीकोला गेटवे मोन्टेश्वरी स्कुल अगाडि पैदल हिडिरहेकी मध्यपुर ठिमी –७ बस्ने मनमाया छुजुले घाँटीमा लगाएको सुनको सिक्री पछाडिबाट लुटपाट गरेका थिए ।

पक्राउ परेका उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत बानेश्वरमा पठाइएको जनाइएको छ ।