कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्रीलाई
काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार दिउँसो चार दिने भारत भ्रमणमा गएसँगै उक्त पदको जिम्मेवारी खड्काले पाएका हुन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
