नेता बानियाँद्वारा स्ल्याव बाटोको शिलान्यास
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलाबाट ठूलोसल्ले जाने करिव १२ सय मिटर स्ल्याव ढलानको शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै नेता बानियाँले संघीयताले गाउँ/गाउँमा विकासनिर्माण र जनतालाई उत्पादनमुखी कार्यमा लाग्न प्रेरित गरेको बताउँदै प्रदेश सरकारबाट वडाको विकासनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, कांग्रेस नेता यतिराज सापकोटा, मकवानपुरगढी–५ का वडाध्यक्ष दीपेश दाहाल, कांग्रेस मकवानपुरगढी गाउँपालिका–६, का वडा सभापति केदारनाथ चौलागाईं, निर्माण व्यवसायी मनोहर घिमिरेलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
मकवानपुरगढी–६, भालुखोलाबाट ठूलोसल्लेसम्म नेता बानियाँको विशेष पहलमा करिव १२ सय मिटर स्ल्याव बाटो बागमती प्रदेश सरकारको ५० लाख समपुरक अनुदान र गाउँपालिकाको ५० लाख गरी एक करोडबाट काम सुरु गरिएको हो ।
