जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा (कोठा) मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले पौडेलसहित पाँच जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ५४ हजार रुपैयाँ र ६ बुक तास बरामद गरेको छ । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
