२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान

तु खबर संवाददाता
२०८० जेष्ठ ८, सोमबार १६:२४

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका २२ जनामध्ये २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यही ५ जेठमा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तरं) को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका उनीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

दर्ज्यानी चिह्न पाएका प्रहरी उपरीक्षकहरूमा क्रमशः गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्रबहादुर सिंह, चित्रबहादुर गुरूङ, रामप्रसाद घर्ति मगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरीया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेका छन् ।

प्रहरी उपरीक्षक बसुन्धरा खड्का हाल तालिमको सिलसिलमा विदेशमा रहेकाले सोमबार दर्ज्यानी चिह्न प्रदान नगरिएको हो ।