दुबई पठाइदिन्छु भन्‍दै ९ लाख ठगी, रिमाल पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ ७, आईतवार १८:५६
सांकेतिक तस्बिर

काठमाडौं । दुबई पठाइदिन्छु भन्‍दै ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१०, कपन आकाशेधारा बस्‍ने २९ वर्षीय उमेश रिमाल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।