सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा आज छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
भाउ घटेसँगै बिहीबार सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ । यसअघि बुधबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच, बिहीबार चाँदीको भाउ भने भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
