एकीकृत समाजवादीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

तु खबर संवाददाता
२०८० जेष्ठ ४, बिहीबार ०८:२८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछ । माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारमात्रै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले ऐक्यवद्धतासहित खबरदारी गरेको थियो ।