मकवानपुरका मोक्तानसहित चार जना पक्राउ
बारा । बारा प्रहरीले जिल्लाको निजगढ नगरपालिका वडा नम्वर ८, उनासी पुलस्थित सडकबाट बुधबार बिहान अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब १३ केजी ५०० ग्राम लागआूेषध गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका–८, ज्यामिरे बस्ने ३४ वर्षीय राजकुमार भने चन्द्रबहादुर मोक्तान, झापा मेची नगरपालिका–६, शान्तिटोल बस्ने ४६ वर्षीय शंकर दाहाल, सोही नगरपालिका–७ बस्ने ३४ वर्षीय बिनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका–८ बस्ने २४ वर्षीय अर्जुन गौतम रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बिहान हेटौंडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख २३२२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा बरामद भएपछि उनीहरुललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
