भरुवा बन्दुकसहित तीन जना पक्राउ
जनकपुरधाम । महोत्तरीबाट दुई थान भरुवा बन्दुकसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
