शेयर बजारमा सामान्य अंकको सुधार

तु खबर संवाददाता
२०८० जेष्ठ २, मंगलवार १६:२०
file-photo

काठमाडौं । लगातार गिरावट आएकोे शेयर बजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्से सूचक ३.३४ अंकले घटेर १८१८ विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर किनबेच हुँदा ७२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

यस्तै, आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग र अन्य उपसूचक घटेको छ भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज निर्जीवन बीमा उपसूचक शुन्य दशमलव ९९ प्रतिशतले बढेको छ ।