बालकृष्ण खाँणको बयान भोलि पनि जारी रहने
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भोलि मंगलबार पनि बयान दिने भएका छन् । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो ।
आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोडिएका दर्जनौँ सवाल जवाफ भएका थिए ।
बयान अझै नसकिएकाले मंगलबार पनि जारी रहने सरकारी वकिल कार्यालयका एक अधिकारीले जानकारी दिए ।
बुधबार पक्राउ परेका खाँणमाथि आईतबार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
