टोपबहादुर रायमाझीलाई अदालत लगियो
काठमाडौं । आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा लगिएको छ । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ११ दिनदेखि फरार उनी आइतबारमात्रै पक्राउ परेपछि प्रहरीले म्याद दिएर अनुसन्धान अघि बढाउन लागेको हो ।
उनी यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा पक्राउ परेका हुन् । हालसम्म उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । यसअघि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरिएको थियो ।
