अवैध गाँजासहित मकवानपुरका मगर पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख ३१, आईतवार १०:४८

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ सरिखेत बस्ने ३४ वर्षीय राकुमार राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, मगरलाई शनिबार राति ११ बजेको समयमा विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले मगरको घर खानतलासि गर्दा घरको चोटामा ६ वटा बोरामा लुकाई राखेको अवस्थामा लागूऔषध गाँजा अन्दाजी ७८ केजी फेला पारी निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।