कांग्रेस हेटौंडाको नगर भेला जेठ २० गते हुने
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका कार्य समितिको नगर अधिवेशन आगामी जेठ २० गते हुने भएको छ । शनिवार नगर कार्य समितिको हेटौंडाका १९ वडाका सभापतिहरुको सहितको संयुक्त बैठकले वडा भेला जेठ १५ गते र नगर भेला २० गते गर्ने निणय भएको हो ।
कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको बैठले निर्वाचनको नतिजा र पछिल्लो राजनैतिक अवस्थाको बारेको छलफल समेत गरेको छ। भेलामा १९ वडाका वडा सभापतिहरुले नेतृत्व कर्तालाई वडा–वडामा कांग्रेसले ग्रास रुट अभियान संचालन गर्न सुझाव दिएका थिए ।
भेलामा नगर अध्यक्ष इटेनीले वडा सभापतिहरुबाट आएको प्रश्नको जवाफ दिएका थिए । भेलामा निवर्तमान सभापति आनन्दराम पराजुली, नगर सभापति रामकृष्ण कोइराला, डोल्मा स्याङबो, नगर सचिव सविन न्यौपाने, हर्क रत्न लामासहित पदाधिकारिको सहभागिता रहेको थियो ।
