कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिन : गृहमन्त्री

तु खबर संवाददाता
२०८० बैशाख २७, बुधबार १६:५४
file-photo

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए ।

उनले निर्दोष मानिस डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गरे । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको स्पष्ट पारे ।

गृहमन्त्रीकै चासोमा प्रहरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न हाइप्रोफाइलसहित १२ जनालाई पक्राउ गरिसकेको छ । यो प्रकरणमा बुधबारमात्रै पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।