सोमबार १६ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० बैशाख २५, सोमबार १६:१७

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा १६ अंकको गिरावट आएको छ । नेप्से सूचक शुन्य दशमलव ९१ प्रतिशतले घटेर १८३३ विन्दु्मा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । केही दिनउताको तुलनामा आज कारोबार रकम केही प्रतिशत बढ्न पुगेको छ ।

नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक होटल तथा पर्यटन उपसूचकको २.४४ प्रतिशत र हाइड्रोपावर उपसूचकको १.८९ प्रतिशतले घटेको छ ।

यसअघि आईतबार नेप्से सूचक १९ अंकले घटेर १८५० विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २६३ कम्पनीको २० लाख १० हजार १७० कित्ता शेयर किनबेच हुँदा ६० करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।