थप ५७ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा १ हजार ९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको छ । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् ।
