थप ३२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १३३ पुग्यो

तु खबर संवाददाता
२०८० बैशाख २४, आईतवार १७:३५

काठमाडौं । देशभर थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १ हजार ९६४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जना एन्टिजेन विधिबाट २४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा, आईसीयूमा ८ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार थप १२ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा महामारी सुरु भएयता १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।