संदीय संसदको दुबै सदनमा ईहाजिरी गर्ने तयारी

तु खबर संवाददाता
२०८० बैशाख २४, आईतवार १५:३९
file-photo

काठमाडौं । संघीय संसद अन्तरग पर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी) को सुरुवात गर्ने तयारी भएको छ ।

सांसदहरुको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी पनि संसद सचिवालयको छ । यो दुवै तयारीलाई थप तीव्रता दिन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन छ ।

आइतबार सिंहदरवारमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’