पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नम्वर २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेरका थिए ।
बालक डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो । राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
