थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० बैशाख २३, शनिबार १६:०७
filr-photo

काठमाडौं । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन भने २६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १३७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।