रास्वपा केन्द्रीय समिति बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक हाल जारी छ । बैठक पार्टी कार्यालय बसुन्धारामा केहीबेर अघि सुरु भएको हो ।
बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो ।
शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।
