सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुबै भाषामा हुने

तु खबर संवाददाता
२०८० बैशाख २२, शुक्रबार १६:५९
file-photo

काठमाडौं । अबदेखि विद्यालय तहको सामाजिक अध्ययन विषयको पढाइ नेपाली र अंग्रेजी दुवै माध्यमबाट हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाउने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सामाजिक विषयको पठनपाठन र परीक्षा नेपाली भाषामा हुने बताए । तर, विदेशीको हकमा भने अंग्रेजी भाषामा हुने उनले बताए ।

गत वर्षदेखि सामाजिक विषयको परीक्षा नेपाली भाषामै लेख्न लगाइएको थियो । जसले गर्दा विदेशी कूटनीतिक नियोगका विद्यार्थीहरू जाने नेपालमा पढिरहेका छन् ।

यो निर्णयसँगै नेपालमा खुलेका विदेशी कूटनीतिक नियोगका विदेशी विद्यार्थी अध्ययन गर्ने विद्यालयहरूले अंग्रेजी माध्यमबाट सामाजिक विषय पढाउने पाउनेछन् ।