बैकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ
काठमाडौं । उच्च अदालत पाटनको फैसलाअनुसार जरीवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २६ लाख बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौंको बानेश्वरका राजेन्द्रकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठको नामको स्वतन्त्र जायजेथा समेत फेला नपरेकोले विगो बापत २ वर्ष कैद सजाय ठहर भएको थियो । फरार उनलाई पक्राउ मंगलबार गरेर बुधबार जिल्ला अदालत काठमाडौंमा पठाइएको जनाइएको छ ।
