संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

तु खबर संवाददाता
२०८० बैशाख २०, बुधबार १५:१२
file-photo

काठमाडौं । सरकारले आगामी बैशाख २४ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते संसदको दुबै अधिवेशन (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेट प्रस्तुत र पारितसम्मका गतिविधिहरु हुनेछ ।