झिनो अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० बैशाख १९, मंगलवार १६:४३

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।आज मार्केट घटेसँगै कारोबार समेत घटेर ६९ करोडमा सीमित हुन पुगेको हो ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् ।