रवि लामिछाने र सिके राउतबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० बैशाख १९, मंगलवार १५:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।

उनीहरु दुई नेताबीच मंगलबार भेटवार्ता भएको हो । उनीहरुबीच भेटवार्ता भएको तस्बिर रास्वपाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।

तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘नयाँ शक्तिहरू बिचको सौहार्दता : नयाँ र केही गरौँ भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’