थप ६० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित कति पुग्यो ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार, सो अवधिमा ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमण बढ्न सक्ने भन्दै कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
