अस्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने एक जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १७, आईतवार १६:३०
सांकेतिक तस्बिर

काठमाडौ । अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–४ घर भई हाल काठमाडौं महानगर–१, लाजिम्पाटमा बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।