थप १०३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३७५ पुग्यो

तु खबर संवाददाता
२०८० बैशाख १५, शुक्रबार १६:२३
filr-photo

काठमाडौं । देशभर थप १०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ९२५ नमुना परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६२७ र एन्टिजेनबाट १२९८ नमुना परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट ५३ नामा कोरोना पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ। यस्तै, सो अवधिमा ५३ जना संक्रमणमुक्त भएका छन् ।