९७ करोड बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । ५ वर्षे वैदेशिक रोजगार बचतपत्र, २०८५ जारी गर्ने भएको हो ।
इच्छुक नेपाली रोजगारहरुले उक्त बचतपत्रमा लगानी गर्न सक्नेछन् । बचतपत्रमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम् १० हजार रुपैयाँदेखि अधिकतममा १० हजारले भाग गर्दा निःशेष भाग लाग्ने उच्च अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन जेठ १७ गतेसम्म दिन सकिन्छ भने बचतपत्रको बिक्री जेठ २४ गते हुनेछ ।
यस्तो बचतपत्रमा विदेशमा रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको छ महिना पूरा नभएका नेपाली नागरिकले लगानी गर्न सकिनेछन् ।
बचतपत्रको ब्याज भने ६६ महिना अर्थात् अर्धवार्षिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।



