बिहीबार स्थगित भएको राष्ट्रिय सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० बैशाख १५, शुक्रबार ०९:०४
file-photo

काठमाडौं । बिहीबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो ।

बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो । यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो ।