मकवानपुरमा दुई घर जलेर नष्ट, १० लाखको क्षति
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ मा आज बिहान दुई वटा घरमा आगलागी भएको छ ।
बिहान ११ बजेको समयमा स्थानीय गहिराम प्रजाको काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले दुई वटा घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीबाट घर पूर्ण रुपमा क्षति हुनुका साथै अन्नपात, भाडाकुडा जलेर नष्ट हुँदा दश लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उक्त आगो स्थानीयको सहयोगमा ४ बजे नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।
