देशभर १३६ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार १७:०९
filr-photo

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३६ जना कोरोना संक्रमित थपिएका छन् ।

सो अवधिमा १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।