सिंगापुर पठाइदिन्छु भन्दै साढे ६ लाख ठगी, एक जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार १६:२५
सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारीमा सिंगापुर पठाएर होटेलमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्ने ओमनाथ मैनाली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मैनालीले मीनबहादुर रानालाई प्रलोभनमा पारी ६ लाख ४० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । वैदेशिक रोजगार विभागबाट मैनालीलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएको थियो ।

सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमाबाट खटिएको विशेष प्रहरी टोलीले मैनाली वैशाख ११ गते बबरमहलबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए ।