मंगलबार शेयर बजारमा छायो हरियाली
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७ अंकले बढेर १९०५ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६४ कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड ०.०९ प्रतिशतले घटेको छ, भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ ।



