थप ११३ मा कोरोना पुष्टि, सक्रिय संक्रमित कति पुग्यो ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११३ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार जना रहेका छन् । यसका साथै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
यसका साथै ७२ जना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
