कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन अनुरोध गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन सबैलाई आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताए ।
उनका अनुसार, खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा संक्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ ।
सहप्रवक्ता डा.अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई संक्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गरे ।
