बारा–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने
२०८० बैशाख ११, सोमबार ०९:५५
बारा । बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।
मतगणना उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्वर ८ बाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत आइतबार तीन वटा क्षेत्रमा मतदान सम्पन्न भएको छ । तीमध्ये तनहुँ १ मा मतगाण्ना जारी छ भने चितवनमा मतगणना भएको छैन ।
