सन्दीप लामिछानेविरुरुद्धको मुद्दाको आज सुनवाइ हुने

तु खबर संवाददाता
२०८० बैशाख ११, सोमबार ०८:५४
file-photo

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा आज हुने भएको हो ।

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।