बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०८० बैशाख ११, सोमबार ०८:४३

बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ ।

आइतबार सम्पन्न उप–निर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ । बारामा करिब ६३ प्रतिशत मतदान खसेको थियो ।