अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरी लागूऔषधसहित विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ सय २० मिलिग्रामसहित आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने २९ वर्षीय दिपक सुनार रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खल्तीमा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
यसैगरी, प्रहरीले कैलालीको टीकापुर नगरपालिका–१ वन कार्यालय नजिक सडकखण्डबाट अवैध लागूऔषध चरेश ८०० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने २७ वर्षीय पुष्पराज जैशी र सोही ठाउँ बस्ने २३ वर्षीय डेनी प्रसाद जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले म.२ प ८६७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त चरेशसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
