तनहुँ–१ मा ४८ प्रतिशत मत खस्यो

तु खबर संवाददाता
२०८० बैशाख १०, आईतवार १६:४३
file-photo

तनहुँ । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत तनहुँ–१ मा हाल मतदान जारी छ । तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् ।

तनहुँमा कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्लेसहित ९ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेका छन् ।