निर्वाचन विथोल्न खोज्ने ७ जना प्रहरीको फन्दामा
बारा । बाराको देवताल गाउँपालिका वडा नम्वर ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको र १ जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन गरिरहेको छ ।
आज तीन वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य उप–निवाचन हुँदैछ । जसमा बारा–१, चितवन–२ र तनहुँ–१ रहेका छन् ।
