सातामा ३०.०७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचक ३०.०७ अंकले घटेको छ । गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको हो ।
गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा पुगेर रोकिएको छ । पछिल्लो सातामा भएको ५ कारोबारमध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ ।
साताको पहिलो कारोबार दिन बैशाख ३ गते आइतवार, सोमवार, मंगलवार र बिहीवार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधवार सामान्य अंकले वृद्धि भएको थियो ।
साता कारोबारको पहलिो दिन आइतबार नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको थियो । उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो । आइतवार नेप्सेमा सूचीकृत २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ बिन्दुमा झरेको थियो । नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो । सोमवार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता शेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
यसैगरी, साताको तेस्रो कारोबारको दिन मंगलवार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ बिन्दुमा झरेको थियो । मंगलवार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता शेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
तर,लगातार रुपमा घट्दै आएको नेप्से बुधवार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो । बुधवार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ । बिहीवार नेप्सेसँगै काारोबार रकम पनि ९८ अर्ब रुपैयाँको कारोबार भएको थियो ।



