सहकारी फोडेर सात लाख चोर्ने तीन जना जेल चलान

तु खबर संवाददाता
२०८० बैशाख ८, शुक्रबार १०:२७
file-photo

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी तोडफोडको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जना जेल चलान भएको जानकारी दिएको छ ।

मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोडेर सात लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् ।

पक्राउ परेकामध्ये एक जना धरौटीमा रिहा भएका छन् । मोरङ जिल्ला अदालतको आदेश बमोजिम दिलिप कुमार चौधरी, इरज धामी र मिथुन पासवानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अदालतको आदेश बमोजिम मिथिलेश महतो भने दुई लाख धरौटीमा छुटेका छन् ।